बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले अग्रणी उद्योगपतिसँग विशेष छलफल गर्ने
- BFIS News
- 2026 Jul 28 13:43
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले देशका अग्रणी उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक उद्योग सञ्चालन गर्दै मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएका करिब तीन दर्जन उद्योगपतिलाई सहभागी गराएर अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरिएको हो।
छलफलमा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका प्रमुख अधिकारीहरूको पनि सहभागिता रहने सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उक्त कार्यक्रम आज अपराह्न ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया