NIMB Header 2
Nepal Life

पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडक दुवैतर्फ सञ्चालनमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 28 14:54
पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडक दुवैतर्फ सञ्चालनमा
United Ajod

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरोका कारण अवरुद्ध भएको यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

Nepal Life
NIMB

पहिरो हटाउने काम सम्पन्न भएपछि मंगलबार दिउँसोदेखि सडक दुवैतर्फ खुला गरिएको प्रहरीले जनाएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलानजिक आज बिहान करिब ८ः३० बजे सडकमाथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि दिउँसो १ः१५ बजेदेखि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।

यसअघि पहिरो हटाउने कार्य जारी रहेकै अवस्थामा बिहान ११ः१५ बजेदेखि सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्दै एम्बुलेन्स तथा मोटरसाइकललाई प्राथमिकताका साथ आवतजावत गराइएको थियो।

पहिरो हटाउन नारायणगढबाट लोडर, स्काभेटर र ब्याकहो तथा मुग्लिनबाट थप लोडर परिचालन गरिएको प्रहरीले जनाएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि अवरोधका कारण रोकिएका सवारीसाधन क्रमशः आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया