लक्ष्मी सनराइज बैंकको ३० लाख इकाइ ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ बिक्री खुला
- BFIS News
- 2026 Jul 30 14:02
काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षे अवधिको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। प्रतिएकाइ अंकित मूल्य एक हजार रुपैयाँका दरले कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गरिएको हो।
बैंकका अनुसार ऋणपत्रमा साउन १४ गतेदेखि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा सम्पूर्ण निष्कासन बिक्री नभएमा आवेदन अवधि साउन २८ गतेसम्म लम्ब्याइने व्यवस्था गरिएको छ।
कुल ३० लाख इकाइमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाइ निजी तवर (प्राइभेट प्लेसमेन्ट) बाट निष्कासन गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाइ, कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको बैंकले जनाएको छ।
यस ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ भने परिपक्व अवधि १० वर्ष निर्धारण गरिएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम सम्पूर्ण माग गरिएको इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया