NIMB Header 2
Nepal Life

जनकपुर र सिरहाको गोलबजारमा कर्फ्यु, सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनको निर्णय

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 16:17
जनकपुर र सिरहाको गोलबजारमा कर्फ्यु, सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनको निर्णय
United Ajod

काठमाडौं । दुई समुदायबीच उत्पन्न तनावका कारण धनुषाको जनकपुर उपमहानगरपालिकाको सहरी क्षेत्र तथा सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

Nepal Life
NIMB

सम्भावित हिंसात्मक गतिविधि र शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु लागू गरिएको हो।

धनुषा प्रशासनले बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ। बढ्दो तनावलाई नियन्त्रणमा लिई सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।

यस्तै, सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु लागू गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको मूल्याङ्कनपछि आन्दोलन तथा सम्भावित हुलदङ्गाले शान्ति व्यवस्था प्रभावित हुन सक्ने निष्कर्षका आधारमा जिल्ला सुरक्षा समितिले कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

प्रशासनले सम्बन्धित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया