NIMB Header 2
Nepal Life

विदेशस्थित नेपालीका लागि राहदानी सेवा विस्तारको तयारी, बायोमेट्रिक संकलन निजी क्षेत्रमार्फत गर्न सकिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 03 14:45
विदेशस्थित नेपालीका लागि राहदानी सेवा विस्तारको तयारी, बायोमेट्रिक संकलन निजी क्षेत्रमार्फत गर्न सकिने
United Ajod

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई राहदानी सेवा थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले राहदानीसम्बन्धी कानुनी व्यवस्थामा संशोधनको प्रस्ताव अघि बढाएको छ।

Nepal Life
NIMB

प्रस्तावित व्यवस्थाअनुसार विदेशमा राहदानीका लागि आवश्यक बायोमेट्रिक विवरण संकलन गर्ने कार्य निजी क्षेत्र वा अन्य संस्थामार्फत पनि गराउन सकिने कानुनी आधार तयार गरिएको छ।

परराष्ट्र मन्त्रालयले तयार पारेको राहदानी ऐन संशोधन विधेयकको मस्यौदामा विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगबाहेक आवश्यकताअनुसार निजी कम्पनी वा अन्य साझेदार संस्थालाई बायोमेट्रिकसहित राहदानी आवेदन संकलन गर्ने जिम्मेवारी दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

हाल विदेशमा राहदानीसम्बन्धी बायोमेट्रिक विवरण राजदूतावास तथा नियोगबाट मात्रै संकलन हुँदै आएको छ। सीमित जनशक्ति, सेवा केन्द्रको अभाव तथा भौगोलिक दूरीका कारण सेवाग्राहीले लामो समय कुर्नुपर्ने र टाढाबाट यात्रा गर्नुपर्ने समस्या देखिँदै आएको छ।

प्रस्तावित संशोधनले यस्ता व्यावहारिक कठिनाइ कम गर्दै राहदानी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। मस्यौदाको दफा १० को उपदफा (७) मा मन्त्रालयले तोकिएको प्रक्रिया अनुसार निजी क्षेत्र वा अन्य संस्थासँग सहकार्य गरी बायोमेट्रिकसहित राहदानी आवेदन संकलनको व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ।

यो व्यवस्था लागू भएमा सार्वजनिक–निजी साझेदारी वा आउटसोर्सिङमार्फत विदेशमा रहेका नेपालीले राहदानी सेवाका लागि राजदूतावासमा प्रत्यक्ष पुग्नुपर्ने अवस्थालाई केही हदसम्म सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, राहदानी वितरण प्रणालीलाई थप व्यवस्थित र सेवामुखी बनाउने सरकारको तयारीसमेत यस संशोधन प्रस्तावमा समेटिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया