सिटिजन लाइफको नाफा १०६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा
- BFIS News
- 2026 Aug 14 13:36
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार इन्स्योरेन्सले समीक्षा अवधिमा खुद नाफा १०६.६३ प्रतिशतले वृद्धि गर्दै ३९ करोड ८ लाख रुपैयाँ पुर्याएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै एक वर्षको अवधिमा इन्स्योरेन्सको खुद नाफा २० करोड १७ लाख रुपैयाँले बढेको देखिन्छ।
नाफा वृद्धिसँगै इन्स्योरेन्सको व्यवसायिक गतिविधिसमेत विस्तार भएको छ। समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क २५.८७ प्रतिशतले बढेको छ भने कुल आम्दानी २१.५९ प्रतिशतले वृद्धि भएको छ। यस्तै, खुद दाबी भुक्तानी २७.६९ प्रतिशत र कुल खर्च २४.८० प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।
नाफामा भएको वृद्धिको प्रभाव प्रतिशेयर आम्दानीमा पनि परेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३ पैसाले बढेर ७ रुपैयाँ ८२ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य–आम्दानी अनुपात ५५.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा रहेको छ।
इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ।
समग्रमा, बीमाशुल्क तथा आम्दानीमा भएको वृद्धि र त्यसको तुलनामा नाफामा आएको उल्लेख्य विस्तारले गत आर्थिक वर्षमा सिटिजन लाइफको वित्तीय प्रदर्शन सुधारिएको देखाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया