क्रेस्ट माइक्रो लाइफको जीवन बीमा कोष १२४.३६ प्रतिशतले बढ्यो
- BFIS News
- 2026 Aug 17 17:16
काठमाडौं, भदौ १ गते । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको जीवन बीमा कोष, कुल बीमाशुल्क र खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ।
७५ करोड रुपैयाँ शेयरपुँजी रहेको कम्पनीको समीक्षा अवधिमा महाविपत्ति कोषमा १० लाख ४१ हजार रुपैयाँ, अन्य इक्विटीमा ६ करोड ४३ लाख ८ हजार रुपैयाँ र रिटेन्ड अर्निङ २ करोड ७१ लाख ८५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षमा महाविपत्ति कोषमा १० लाख ४१ हजार, अन्य इक्विटीमा ३ करोड १४ लाख १७ हजार र रिटेन्ड अर्निङमा ३३ लाख २५ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको जीवन बीमा कोष १९ करोड ८७ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोष ८ करोड ८५ लाख ९८ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा जीवन बीमा कोषको आकार १२४.३६ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड ५० लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ४३ करोड ५४ लाख ४४ हजार रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन ३२.०७ प्रतिशतले बढेको छ।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर ४३ करोड ४० लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ३३ करोड ९२ लाख ५४ हजार रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा २७.९३ प्रतिशतले बढेको हो।
कम्पनीले समीक्षा अवधिमा २५ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २ करोड ४६ लाख ४७ हजार रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८९.७५ प्रतिशतले घटेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा ईपीएस २.४१ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०५.०९ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया