NIMB Header 2
Prabhu Mahalaxmi

एचआईडीसीएलको नाफा २७.२९ प्रतिशत घट्यो, लगानीको रकमलाई बैंककमा राख्दा आम्दानी घट्यो

United Ajod
  • BFIS News
  • 2026 Aug 18 12:40
एचआईडीसीएलको नाफा २७.२९ प्रतिशत घट्यो, लगानीको रकमलाई बैंककमा राख्दा आम्दानी घट्यो
IME LIFE

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ६७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२९ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले ९३ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Nepal Life
NIMB

कम्पनीको चुक्ता पुँजी १.५० प्रतिशतले बढेर २४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चुक्ता पुँजी २४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ थियो। यद्यपि, कम्पनीको जगेडा तथा सञ्चित कोष ९.१३ प्रतिशतले घटेर ३ अर्ब १५ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो कोष ३ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ थियो।

एचआईडीसीएलले विद्युत् आयोजनामा गरेको लगानी भने विस्तार गरेको छ। कम्पनीको इक्विटी लगानी ५.४६ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, विद्युत् आयोजनामा प्रवाह गरेको खुद कर्जा १४.९४ प्रतिशतले बढेर ८ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा ७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ थियो।

चौथो त्रैमासको अन्त्यसम्म कम्पनीले विभिन्न बैंकमा १३ अर्ब ७६ करोड रुपैयाँ निक्षेप राखेको छ। यस्तो निक्षेप अघिल्लो वर्षको १४ अर्ब ८४ करोड रुपैयाँको तुलनामा ७.२८ प्रतिशतले घटेको हो।

कम्पनीको ग्राहकसँगको सम्झौताबाट प्राप्त आम्दानी भने ११.०५ प्रतिशतले बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ। तर, वित्तीय आम्दानीमा उल्लेख्य गिरावट आएको छ। वित्तीय आम्दानी २८.९६ प्रतिशतले घटेर ९९ करोड १० लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष कम्पनीले वित्तीय आम्दानीबापत १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको थियो।

यस अवधिमा प्रशासनिक खर्च पनि बढेको छ। प्रशासनिक खर्च ३७.३३ प्रतिशतले बढेर २ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म यस्तो खर्च २ करोड १८ लाख रुपैयाँ थियो।

नाफामा आएको गिरावटसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। ईपीएस ३ रुपैयाँ ८० पैसाबाट घटेर २ रुपैयाँ ७३ पैसामा झरेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ १३ पैसाबाट घटेर ११२ रुपैयाँ ६५ पैसा कायम भएको छ।

चौथो त्रैमासको अन्त्यमा कम्पनीको मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) २८४.७० गुणा रहेको छ भने चालु अनुपात ३०.७४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

समग्रमा, कम्पनीको चुक्ता पुँजी तथा विद्युत् आयोजनामा प्रवाह भएको कर्जा र इक्विटी लगानी बढे पनि वित्तीय आम्दानीमा आएको गिरावटका कारण खुद नाफामा दबाब परेको देखिन्छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया