सुनको भाउ तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगि
- आयुस बस्नेत
- 2026 Aug 20 14:58
काठमाडौं, भदौ ४ गते । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया