NIMB Header 2
Prabhu Mahalaxmi

मध्य अफ्रिकी गणतन्त्रमा सुनखानी भत्किँदा १०० भन्दा बढीको मृत्यु

United Ajod
  • BFIS News
  • 2026 Aug 21 15:39
मध्य अफ्रिकी गणतन्त्रमा सुनखानी भत्किँदा १०० भन्दा बढीको मृत्यु
Sanima Reliance Life Insurance Company

काठमाडौं, भदौ ५ गते । मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा रहेको सुनखानी अचानक भत्किँदा १०० भन्दा बढी जनाको मृत्यु भएको छ।

 

Nepal Life
NIMB

स्थानीय अधिकारी र उद्धारमा संलग्न रेडक्रसका अनुसार बुधबार अब्बा क्षेत्रमा रहेको एक सानो सुनखानीमा दुर्घटना भएको हो। सुरुमा ३० जनाको मृत्यु भएको जानकारी आए पनि उद्धार कार्य अघि बढ्दै जाँदा मृतकको संख्या १०० भन्दा बढी पुगेको हो।

उद्धारकर्ताले माटो र भग्नावशेष हटाएर शव निकाल्न म्यानुअल रूपमा काम गरिरहेका छन्। घटनास्थलमा आवश्यक उद्धार उपकरण तथा मेसिनरीको अभाव रहेकाले उद्धार कार्य कठिन बनेको जनाइएको छ।

धेरै मानिस अझै खानीभित्र फसेको आशंका गरिएको छ। खानीसम्म पुग्न कठिन हुनुका साथै भग्नावशेष ठूलो मात्रामा रहेकाले फसेकाहरूलाई जीवितै उद्धार गर्ने सम्भावना समयसँगै कम हुँदै गएको उद्धारकर्ताले बताएका छन्।

मध्य अफ्रिकी गणतन्त्रमा साना स्तरका सुनखानी स्थानीय बासिन्दाका लागि आम्दानीको महत्वपूर्ण स्रोत हुन्। यस्ता खानीमा ठूला कम्पनीको तुलनामा सुरक्षा व्यवस्था कमजोर हुने भएकाले सुरुङ भत्किने तथा अन्य दुर्घटनाको जोखिम उच्च हुने गरेको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार