दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश
- BFIS News
- 2026 Aug 24 13:44
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी हिरासतमा राखिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।
प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनलाई थुनामा राख्नुको कानुनी आधार र कारण स्पष्ट गर्न आदेश दिएको हो।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै विपक्षीका नाममा बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। आदेशमा प्रसाईंलाई थुनामा राख्नुपर्ने आधार तथा त्यसको कानुनी औचित्य खुलाउन भनिएको छ।
सर्वोच्चले प्रसाईंको पक्राउसँग जोडिएको अनुसन्धान प्रक्रियाका विषयमा समेत जानकारी मागेको छ। गत भदौ ४ गते भक्तपुरस्थित प्रसाईंको घरमा खानतलासीका क्रममा प्रहरीले बरामद गरेको भनिएका सामग्री आगामी पेसीका दिन अदालतमा पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ।
प्रसाईंलाई साइबर अपराधको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। प्रसाईं पक्षले भने पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनलाई हिरासतबाट मुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)






.jpg)


प्रतिक्रिया