NIMB Header 2
Nepal Life

रसुवागढी बाढी : भन्सारका दुई कर्मचारी घाइते, १५ जना सम्पर्कविहीन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 26 22:14
रसुवागढी बाढी : भन्सारका दुई कर्मचारी घाइते, १५ जना सम्पर्कविहीन
United Ajod

काठमाडौं । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीले भन्सार प्रशासनसँगै नाकाको व्यापारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूको उद्धार तथा खोजी कार्य जारी रहेको छ।

Nepal Life
NIMB

भर्खरै संकलन गरिएको साँझ ८ बजेसम्मको विवरणअनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बाद्वय धर्मराज शाही र तिलक पराजुली घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। दुवै जनाको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

अर्थमन्त्रीले अस्पताल पुगेर शाही र पराजुलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। उनीहरूसँगै उद्धार गरी काठमाडौं ल्याइएका हाइड्रोपावरका कर्मचारी धनबहादुर थापा मगरलाई पनि अर्थमन्त्रीले भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।

यसैबीच, रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित आठ जना कर्मचारी हवाई उद्धारमार्फत काठमाडौं आइपुगेका छन्। उनीहरू भन्सार विभाग पुगेपछि अर्थमन्त्रीले भेट गरी बाढीबाट भएको क्षति र घटनाबारे विवरण लिएका छन्।

त्यस्तै, भन्सार कार्यालयका थप आठ जना कर्मचारी अझै रसुवागढीमै रहेका छन्। उनीहरूको उद्धारका लागि प्रयास भइरहेको छ। उनीहरू अर्थ मन्त्रालय तथा भन्सार प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ।

हालसम्मको विवरणअनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्। बाढीबाट भन्सार कार्यालय, कर्मचारी तथा नाकाको व्यापारिक गतिविधिमा भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा क्षतिको विवरण संकलनलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया