NIMB Header 2
Nepal Life

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 27 20:02
एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग
United Ajod

काठमाडौं, ११ भदौ । एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ र सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २०८३ भदौ ११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ। संस्थागत सहयोगसँगै बैंकका सञ्चालक तथा कर्मचारीको योगदानसमेत जोडेर राहत कोषमा रकम हस्तान्तरण गरिएको हो।

बाढी तथा प्राकृतिक विपत्तिका समयमा प्रभावित समुदायलाई तत्काल राहत र पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

यस सहयोगबाट बाढी प्रभावितको उद्धार, राहत वितरण तथा आवश्यक पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया