एशियन लाइफ इन्स्योरेन्सद्वारा विपद् राहत कोषमा एक करोड एक लाख सहयोग
- BFIS News
- 2026 Sep 03 05:17
काठमाडौं, भदौ १८ — एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री विपद् राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट विस्थापित परिवारको राहत तथा पुनःस्थापना, घाइतेको उद्धार र उपचारमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो।
कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले २०८३ भदौ १२ गते शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ तथा होटल क्राउन इम्पेरियलका महाप्रबन्धक अभिक जंग बहादुर सिंहको उपस्थिति थियो।
कम्पनीले विपद्बाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ, हराइरहेकाको सकुशल उद्धार तथा विस्थापित नागरिकको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायत प्रभावित क्षेत्रमा जनधनको क्षति भएपछि राहत, उद्धार र पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा निजी क्षेत्रका संस्थाले प्रधानमन्त्री विपद् राहत कोषमार्फत सहयोग उपलब्ध गराउँदै आएका छन्। एशियन लाइफको सहयोग पनि सोही अभियानअन्तर्गत आएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया