विपद् उद्धार कोषमा यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ लाख ७० हजार सहयोग
- BFIS News
- 2026 Sep 03 21:36
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख ७० हजार रुपैयाँ योगदान गरेको छ।
कम्पनीका अनुसार उक्त रकममध्ये २५ लाख रुपैयाँ कम्पनीको तर्फबाट र ६ लाख ७० हजार रुपैयाँ कर्मचारीहरूको तर्फबाट योगदान गरिएको हो। कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गरेका हुन्।
दैवी प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनी र कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम योगदान गरेका हुन्। कम्पनीका अनुसार विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण दायित्व हो।
कम्पनी तथा कर्मचारीहरूको संयुक्त योगदानले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस योगदानमार्फत यूनाइटेड अजोड इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता समेत व्यक्त गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया