NIMB Header 2
Nepal Life

सुनको मूल्य ३१ सय रुपैयाँले घट्यो, तोलाको ३ लाख ४ हजार ३ सय रुपैयाँ

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 06 11:32
सुनको मूल्य ३१ सय रुपैयाँले घट्यो, तोलाको ३ लाख ४ हजार ३ सय रुपैयाँ
United Ajod

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (FENEGOSIDA) का अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको हो।

Nepal Life
NIMB

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन प्रतितोला ३ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर आज ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यससँगै आज घरेलु बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया