प्रधानमन्त्री शाहद्वारा चार प्रमुख व्यवसायीसँग आर्थिक अवस्थाबारे छलफल
- BFIS News
- 2026 Sep 11 13:46
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिसँग मुलुकको आर्थिक अवस्था र उद्योग–व्यवसायका समस्याबारे छलफल थालेका छन्।
प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग भेटवार्ता गरी आर्थिक गतिविधि बढाउने उपायबारे छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पछिल्लो आर्थिक अवस्था, उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले सामना गरिरहेका समस्या र लगानीको वातावरणबारे विषय उठाइनेछ।
त्यस्तै, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सरकारले लिनुपर्ने नीतिगत तथा व्यावहारिक कदमबारे पनि व्यवसायीहरूसँग राय लिने तयारी छ।
प्रधानमन्त्री शाहले यसअघि पनि विभिन्न उद्योगी तथा व्यवसायीसँग भेट गरी मुलुकको अर्थतन्त्र र निजी क्षेत्रका समस्याबारे छलफल गरेका थिए। पछिल्लो भेटघाटलाई पनि आर्थिक गतिविधि र निजी क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित गरिएको सचिवालयले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया