NIMB Header 2
Prabhu Mahalaxmi

सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता

United Ajod
  • BFIS News
  • 2026 Sep 29 20:41
सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता
IME LIFE

काठमाडौं, असोज १३ — सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा जोखिम साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ।

Nepal Life
NIMB

स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार आईएफसीले सिद्धार्थ बैंकले प्रवाह गर्ने एमएसएमई कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा वहन गर्नेछ। यसअन्तर्गत बैंकले ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा प्राप्त गर्नेछ।

बैंकका अनुसार उक्त सुविधाले देशभरका लघु, साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने बैंकको क्षमता बढाउन सहयोग पुग्नेछ। नेपालमा आईएफसीको यो पहिलो जोखिम साझेदारी पहल भएको बैंकले जनाएको छ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले जोखिम साझेदारी सुविधा एमएसएमई कर्जा पोर्टफोलियो विस्तारका लागि महत्वपूर्ण कदम हुने बताए। चुनौतीपूर्ण आर्थिक परिस्थितिमा रहेका साना व्यवसायीलाई कर्जा प्रवाह गर्ने क्षमता यस सुविधाबाट थप सुदृढ हुने उनको भनाइ छ।

विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै एमएसएमई क्षेत्रमा कर्जा विस्तारमार्फत उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा योगदान गर्ने बैंकको लक्ष्य रहेको बस्यालले बताए।

यस सम्झौताले सिद्धार्थ बैंक र आईएफसीबीचको लामो समयदेखिको सहकार्यलाई थप विस्तार गरेको छ। सन् २०१४ मा सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएको थियो। त्यसपछि बैंकलाई विश्वव्यापी करेस्पोन्डेन्ट बैंकहरूको सञ्जालसँग जोडिन थप सहज भएको बैंकले जनाएको छ।

त्यस्तै, सन् २०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सिन्डिकेटेड कर्जा सुविधा प्राप्त गरेको थियो। बैंकका अनुसार उक्त कर्जा नेपालको वित्तीय क्षेत्रमा आईएफसीबाट प्रवाह भएको ठूलो तथा पहिलो विदेशी मुद्राको सिन्डिकेटेड कर्जामध्ये एक थियो।

सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धिका लागि आईएफसीसँग परामर्श सेवामार्फत समेत सहकार्य गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि आईएफसीसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया