सोपान फर्मास्युटिकल्सको २ लाख १४ हजार ५०० कित्ता शेयरको लकइन अवधि कात्तिक १६ गते सकिँदै
- BFIS News
- 2026 Sep 30 10:54
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले म्युचुअल फन्डका लागि छुट्याइएको २ लाख १४ हजार ५०० कित्ता साधारण शेयरको लकइन अवधि कात्तिक १६ गतेदेखि सकिने जनाएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार कुल ४२ लाख ९० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता शेयर म्युचुअल फन्डका लागि छुट्याइएको थियो। यी शेयरमा अनिवार्य ६ महिनाको लकइन अवधि लागू गरिएको थियो।
लकइन अवधि पूरा भएपछि उक्त शेयर सम्बन्धित मितिदेखि कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको जारी पुँजी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
कम्पनीले शेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी लगानीकर्ता तथा अन्य सरोकारवालालाई गराएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया