NIMB Header 2
Prabhu Mahalaxmi

मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश दिने प्रस्ताव, ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद

United Ajod
  • BFIS News
  • 2026 Oct 09 10:42
मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश दिने प्रस्ताव, ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद
IME LIFE

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको ३३८औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २० करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ।

लाभांश प्रस्ताव सार्वजनिक हुँदासम्म मञ्जुश्री फाइनान्सको सेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ७४६ रुपैयाँ ५० पैसा रहेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया