NIMB Header 2
Prabhu Mahalaxmi

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्रमा आजदेखि आवेदन खुला

United Ajod
  • BFIS News
  • 2026 Oct 15 10:20
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्रमा आजदेखि आवेदन खुला
IME LIFE

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (असोज २९ गते) देखि निष्काशन तथा बिक्री खुला गरेको छ।

Nepal Life
NIMB

बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। कुल निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द हुने मिति छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते तोकिएको छ।

ऋणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस’ इश्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले बैंक आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्छ।

ऋणपत्रबाट प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया