NIMB Header 2
Prabhu Mahalaxmi

मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश पारित गर्न कात्तिक २० गते साधारण सभा

United Ajod
  • BFIS News
  • 2026 Oct 16 11:32
मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश पारित गर्न कात्तिक २० गते साधारण सभा
IME LIFE

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गर्न १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

Nepal Life
NIMB

फाइनान्सले कात्तिक २० गते शुक्रबार नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ। उक्त प्रस्ताव पारित भएमा शेयरधनीले बोनस शेयर र नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्राप्त गर्नेछन्।

त्यस्तै, सभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत ब्याजदर भएको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया