स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १६ प्रतिशत नगद लाभांश
- BFIS News
- 2026 Oct 27 10:51
काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
पछिल्ला वर्षमा लाभांश वितरणको अवस्था
बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
आर्थिक वर्ष २०७८/७९ मा बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस शेयर र ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश दिएको बैंकले आर्थिक वर्ष २०७५/७६ मा २२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
बैंकको लाभांश इतिहास हेर्दा आर्थिक वर्ष २०७३/७४ मा १०० प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश गरी कुल १०५.२६ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ। पछिल्ला वर्षहरूमा भने बैंकले मुख्यतः नगद लाभांश वितरण गर्दै आएको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १६ प्रतिशत नगद लाभांश पारित भएमा शेयरधनीले कर प्रयोजनसमेत समेटिएको सोही दरमा लाभांश प्राप्त गर्नेछन्।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)









प्रतिक्रिया