युनाइटेड अजोड इन्स्योरेन्स विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार
- BFIS News
- 2026 Oct 27 13:32
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किंग्सको आधिकारिक बीमा साझेदार बनेको छ। यस साझेदारीमार्फत कम्पनीले नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
कम्पनीले क्रिकेटप्रतिको उत्साह, खेलाडीप्रतिको विश्वास र सुरक्षित भविष्य निर्माण गर्ने साझा उद्देश्यसहित खेलकुद क्षेत्रसँगको संस्थागत सहकार्यलाई अघि बढाएको जनाएको छ। क्रिकेटले खेलाडी तथा समर्थकमा एकता, धैर्य र दृढताको भावना विकास गर्ने तथा बीमाले भविष्यका अनिश्चिततालाई व्यवस्थापन गर्न सहयोग पुर्याउने भएकाले यी दुई क्षेत्रबीचको सहकार्यलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा प्रतिस्पर्धा गरिरहेको विराटनगर किंग्स कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो। ‘कोशीको सान’ का रूपमा परिचित यस टोलीको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले गरिरहेका छन्।
विराटनगर किंग्समा सन्दीपसँगै राष्ट्रिय टोलीका खेलाडी लोकेश बम र बसिर अहमदलगायत खेलाडी छन्। टोलीमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकासमेत आबद्ध छन्। धम्मिका प्रसाद टोलीका प्रशिक्षक हुन्।
सन्दीपको नेतृत्वमा रहेको विराटनगर किंग्सले एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी र राष्ट्रिय टोलीका प्रतिभाशाली खेलाडीको संयोजनले टोलीको प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ।
युनाइटेड अजोड इन्स्योरेन्स नेपालमा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनी हो। कम्पनीले मोटरसाइकल तथा स्कुटर, निजी सवारीसाधन, स्वास्थ्य, घरपरिवार, यात्रा र दुर्घटना बीमासँगै सम्पत्ति, सामुद्रिक, इन्जिनियरिङ, कृषि, पशुपन्छी तथा बाली बीमालगायतका सेवा प्रदान गर्दै आएको छ।
विराटनगर किंग्ससँगको साझेदारीले कम्पनीलाई खेलकुद क्षेत्रसँग जोडिन तथा क्रिकेटका समर्थकमाझ बीमासम्बन्धी चेतना विस्तार गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)









प्रतिक्रिया