राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र निष्कासन आज बन्द हुँदै
- BFIS News
- 2026 Oct 27 11:02
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले ‘७ वर्षे, ६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र असोज २९ गतेदेखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि निष्कासन गरेको थियो।
बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो। सात वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।
कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाइ निजी तवरबाट बिक्री गरिएको छ। बाँकी १२ लाख इकाइ सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि सार्वजनिक निष्कासन गरिएको हो। ऋणपत्र निष्कासनबाट बैंकले कुल ३ अर्ब रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार आजसम्म १० हजार ३२० आवेदकले २३ लाख ३ हजार ८१९ इकाइ ऋणपत्रका लागि आवेदन दिएका छन्। उक्त आवेदनबाट २ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र माग भएको छ।
ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइका लागि आवेदन दिन सक्नेछन्। अधिकतम आवेदन सीमा भने निष्कासन गरिएका कुल इकाइसम्म रहेको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)









प्रतिक्रिया