लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश दिने, एक अर्ब ३३ करोड बोनस शेयर वितरण गर्ने
- BFIS News
- 2026 Oct 29 11:04
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको ३३१औँ बैठकले असोज १२, २०८३ (अक्टोबर २८, २०२६) मा चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छ ।
बैंकको हालको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । प्रस्तावअनुसार बैंकले १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । नियामकीय स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्रै लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ ।
बैंकले अघिल्ला आर्थिक वर्षहरूमा पनि लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया