सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १ अर्ब ५ करोड कमाइ
- BFIS News
- 2026 Oct 29 12:48
काठमाडौं। सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष १३१.१३ प्रतिशतले वृद्धि गरेको हो।
बैंकको सञ्चालन नाफामा भएको उल्लेख्य वृद्धि र कर्जा नोक्सानी व्यवस्थाबापतको रकम (इम्पेयरमेन्ट चार्ज) घट्नुले खुद नाफा बढाउन मुख्य योगदान दिएको छ।
बैंकको सञ्चालन नाफा १६५.४४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ६५ करोड ७६ लाख रुपैयाँ थियो। त्यस्तै, इम्पेयरमेन्ट चार्ज ६५.४१ प्रतिशतले घटेर ३३ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले यस शीर्षकमा ९५ करोड ६८ लाख रुपैयाँ छुट्याएको थियो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षकै स्तरमा १ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। यस अवधिमा कर्मचारी खर्च भने २८.०२ प्रतिशतले बढेर ६१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च ४७ करोड ८९ लाख रुपैयाँ थियो।
निक्षेप र कर्जा विस्तार
पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकको निक्षेप २.०८ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी १.७८ प्रतिशतले वृद्धि भएर १ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको जगेडा कोष ५.०१ प्रतिशतले बढेर ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। तर, सञ्चित नाफा भने २९.४० प्रतिशतले घटेर २० करोड ३६ लाख रुपैयाँमा झरेको छ। यस अवधिमा बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको २० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयरसमेत देखाएको छ।
खराब कर्जा घट्यो, पुँजी पर्याप्तता अनुपातमा दबाब
बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात घटेर १.०८ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात १.५८ प्रतिशत थियो। यसअनुसार निष्क्रिय कर्जा अनुपातमा ३१.६५ प्रतिशतको कमी आएको छ।
त्यस्तै, बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशत कायम भएको छ। यसमा २२.४५ प्रतिशतको कमी आएको हो। अर्कोतर्फ, बैंकको पुँजी पर्याप्तता अनुपात भने अघिल्लो वर्षको १२.७६ प्रतिशतबाट घटेर १२.३७ प्रतिशतमा झरेको छ।
प्रति सेयर आम्दानी बढ्यो, वितरणयोग्य नाफा घट्यो
सानिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५४.६५ प्रतिशतले बढेर २६ रुपैयाँ ११ पैसा पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १६ रुपैयाँ ८८ पैसा थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ ९.९० प्रतिशतले बढेर १८५ रुपैयाँ ५४ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा थियो।
तर, नाफा–नोक्सान बाँडफाँट तथा नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा भने घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब १३ करोड रुपैयाँ रहेको यस्तो नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ६.३९ प्रतिशतले घटेर १ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ।
त्रैमासको अन्त्यमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३९२ रुपैयाँ ९० पैसा रहेको थियो। उक्त मूल्यका आधारमा बैंकको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) १५.०५ गुणा रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया