बाढीले क्षतिग्रस्त देवीघाट शाखाको सेवा निरन्तरता दिन सिटिजन्स बैंकको बट्टारमा नयाँ शाखा
- BFIS News
- 2026 Nov 03 17:19
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढीका कारण क्षतिग्रस्त भएको देवीघाट शाखाबाट प्रवाह हुँदै आएको बैंकिङ सेवालाई निरन्तरता दिन नुवाकोटको विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बैंकको देवीघाट शाखामा क्षति पुर्याएपछि ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा स्थापना गरिएको बैंकले जनाएको छ । नयाँ शाखा यसअघिको देवीघाट शाखाबाट करिब सात किलोमिटरको दूरीमा रहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बट्टारस्थित नयाँ शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखाबाट व्यक्तिगत तथा खुद्रा बैंकिङ सेवा उपलब्ध गराउनुका साथै स्थानीय साना व्यवसायदेखि कर्पोरेट व्यवसायसम्मको वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना छ ।
यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जनाएको छ । शिविरमा मुखको क्यान्सर, मुटुसम्बन्धी रोग, मधुमेह तथा बडी मास इन्डेक्स (बीएमआई) परीक्षणको सुविधा उपलब्ध गराइनेछ ।
सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत २० लाख ८० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया