Siddartha Bank
Prabhu Mahalaxmi

इरानसँगको युद्धले मध्यावधि चुनावमा हार भएको ट्रम्पको स्वीकारोक्ति

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 05 12:18
इरानसँगको युद्धले मध्यावधि चुनावमा हार भएको ट्रम्पको स्वीकारोक्ति
United Ajod

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो रिपब्लिकन पार्टीले व्यहोरेको हारको प्रमुख कारण इरानसँगको युद्ध र त्यसबाट उत्पन्न आर्थिक दबाब रहेको स्वीकार गरेका छन्। चुनावअघि धाँधलीको आशङ्का व्यक्त गर्दै आएका ट्रम्पले डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेपछि चुनावी नतिजा स्वीकार गरेका हुन्।

Siddartha Bank
EBL
Nepal Life

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्वलाई चुनावमा पराजयको कारणका रूपमा प्रत्यक्ष आलोचना गरेपछि ट्रम्पले पनि उक्त टिप्पणी धेरै हदसम्म सही भएको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानसँगको तनावका कारण बढेको महँगी र इन्धनको मूल्यले मतदाताको असन्तुष्टि बढाउँदा त्यसको असर रिपब्लिकन पार्टीको चुनावी नतिजामा परेको ट्रम्पले स्वीकार गरेका छन्।

यद्यपि, इरानविरुद्ध सैन्य कारबाही गर्ने निर्णय सही रहेको आफ्नो अडानबाट ट्रम्प पछि हटेका छैनन्। उनले इरानमाथि तत्काल थप सैन्य हमला गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै इरानको आणविक खतरा रोक्न सैन्य कदम आवश्यक रहेको दाबी गरेका छन्।

चुनावी पराजयबारे प्रतिक्रिया दिँदै ट्रम्पले आफ्नै पार्टीका केही उम्मेदवारको कमजोर चुनावी रणनीतिलाई पनि हारको कारणका रूपमा संकेत गरेका छन्। पर्याप्त रिपब्लिकन समर्थक मतदानमा सहभागी नभएको उल्लेख गर्दै उनले आफ्नो नाम मतपत्रमा नरहनुलाई पनि पराजयको एउटा कारण बताएका छन्।

चुनावअघि 'म आफैँ उम्मेदवार भएजसरी मतदान गर्नू' भन्दै मतदातालाई अपिल गरेका ट्रम्पले नतिजापछि भने आफ्नो उम्मेदवारी नरहेको विषयलाई जोड दिएका छन्। उनले भनेका छन्, ‘म मतपत्रमा थिइनँ। यदि म उम्मेदवार भएको भए हामी भारी मतले जित्ने थियौँ।’

डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनका आगामी नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती थपिने विश्लेषण गरिएको छ। राजनीतिक विश्लेषकहरूले यस नतिजालाई ट्रम्प प्रशासनको राजनीतिक प्रभाव, आर्थिक नीति र विदेश नीतिको प्रभावकारितामाथिको महत्वपूर्ण परीक्षणका रूपमा हेरेका छन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया