नकारात्मक सोच तपाईको सफलताको शत्रु

  • सुमन पौडेल
  • 2023 Nov Wed 09:50
नकारात्मक सोच तपाईको सफलताको शत्रु

काठमाडौं । के हामीलाई थाहा छ, हामीसँग भएको सबैभन्दा ठुलो खजाना के हो ? त्यो हाम्रोे दिमाग हो किनकी हाम्रो सारा धन यहाँ छ । आँखा बन्द गरेर हात्तीको बारेमा सोच्यौँ भने दिमागमा हात्तीको छवि आउँछ । अनि सिंहको बारेमा सोच्यौँ भने दिमागमा सिंहको तस्बिर आउँछ । यो धन सम्पत्तिमा पनि लागु हुन्छ । धनको बारेमा सोच्यौँ भने धन मिल्छ । गरिबीको बारेमा सोच्यौँ भने गरिबी मिल्छ । मानब दिमागले जे सोच्न सक्छ त्यसलाई सिर्जना गर्न पनि सक्छ । यसको मतलब यो हो कि हामीले आफ्नो दिमागमा कल्पना गर्न सक्ने कुरा वास्तविकतामा हुन सक्छ । त्यसैले कुनै पनि कल्पना सबैभन्दा महत्वपूर्ण छ । 

नील आर्मस्ट्रङ सुरुमा चन्द्रमामा गएका थिएनन् । उनको सोच उनी भन्दा पहिलै पुगिसकेको थियो । उनले एक दिन चन्द्रमाको भूमि छुने निर्णय गरेका थिए र त्यस्तै भयो । सन् १९६९ जुलाई २० मा चन्द्रमामा पहिलो पटक मानव पाईला पुगेको थियो त्यो उनै नील आर्मस्ट्रङको थियो । कुनै पनि ठाउँमा पुग्नु अघि हाम्रो सोच त्यहाँ पुग्नु धेरै महत्वपूर्ण छ । २० जुलाईको बिहान नील आर्मस्ट्रङले चिया खाँदा उठेर आफ्नी श्रीमतीलाई म आज चन्द्रमामा जादैछु भनेका थिएनन् । चन्द्रमामा पुग्नु अघि नै उनको सोच धेरै वर्ष अघि पुगिसकेको थियो । 

यदि हामीलाई कुनै पैसा खर्च नगरि कुनै कडा परिश्रम नगरि छिटो सफलतामा पुग्ने उपाय र हामी सफल हुने १०१ प्रतिशत ग्यारेन्टी छ भने भने हामी यो उपाय जान्न तत्पर पक्कै हुनेछौ । यो उपाय जम्मा २ शब्दको छ । त्यो हो सकारात्मक सोच जसलाई न त पैसा खर्च गर्नुपर्छ न त मिहिनेत नै । पछिल्ला केही महिनाहरुमा हाम्रो दिमागलाई सकारात्मक विचारहरुले भर्नुपर्छ । दिमागमा कुनै पनि नकारात्मक विचार आउन दिनुहुँदैन । आफ्नो दिमागको सुरक्षा गार्ड बन्नुपर्छ र दिमागमा कडा सुरक्षा राख्नुपर्छ, जसरी सिपाहीले सीमामा सुरक्षा राख्छ । कुनै पनि खराब मानिसले हाम्रो सिमाना पार गर्न सक्दैन । त्यसै गरी, आफ्नो दिमागमा सुरक्षा राख्नुपर्छ । यदि कुनै नकारात्मक कुराले हाम्रो दिमागमा प्रवेश गर्न खोज्यो भने, त्यसलाई समात्नुपर्छ र मार्नुपर्छ । हामी कल्पना पनि गर्न सक्दैनौँ कि नकारात्मक विचारहरुले हामीलाई के सम्म गर्न सक्छ भनेर ।

सोचौँ कि हामीलाई तनावको कारण टाउको दुखेको छ । यो धेरै पटक भएकोछ । कसैले हामीबाट पैसा लियो । हामीले पैसा गुमायौँ । वा मानौँ, तपाईको श्रीमतीसँग झगडा भयो । तपाईले बारम्बार फोन गरिरहनु भयो र उसले उठाईरहेको छैन । तपाई टेक्स्ट गर्दै हुनुहुन्छ तर उसले जवाफ दिएको छैन । तपाईलाई अत्याधिक टाउको दुखेको हुनुपर्छ । अचानक उसले कल आउँछ र कुराकानी हुन्छ । त्यसपछि तपाईको टाउको दुखाई अचानक गायब हुन्छ । यसमा धेरै गहिरो कुरा लुकेको छ कि नकारात्मक सोचले रोगलाई जन्म दिन्छ । अनि नकारात्मक विचार हटाउनाले हाम्रो रोगहरु पनि हट्छन् । 

यदि हामी दिनको ३० मिनेट सकारात्मक सोच्छौँ र दिनको १५ घण्टा नकारात्मक सोच्छौ भने हामीले सकारात्मक नतिजाको आशा गर्न सक्दैनौ । नकारात्मक सोचबाट सकारात्मक परिणाम आउँदैन । डाइटिङ गर्नु भनेको तौल घटाउनु होइन । मानौँ तपाई तौल घटाउन चाहनुहुन्छ र तपाईले कम क्यालोरी भएको स्वस्थ खाना बिहान नाश्ता गर्नुभयो तर दिनभर खराब अस्वस्थ खाना खानुभयो भने के हुन्छ ? तपाईको तौल घट्छ ? घट्दैन । केही समय सकारात्मक भएर मात्र हुदैन । केही महिनाको लागि, हामीले लामो समयसम्म सकारात्मक सोच्नपर्छ जबसम्म यो हाम्रो डिएनएको भाग बन्दैन । सकारात्मक दिमागले हामीलाई सकारात्मक काम गर्न मद्दत गर्छ र हामीले सकारात्मक सोचसँग सम्बन्धि धेरै अचम्मको कुरा पाउन सक्छौ । 

समस्या के हो भने, हाम्रो समाजमा आलोचना गर्नेहरु धेरै छन् र प्रशंसा गर्नेहरु कम छन् । बाल्यकालदेखि मृत्युसम्म हाम्रो प्रशंसा गरेभन्दा ५० गुणा बढी आलोचना हुन्छ । समस्या यो हो कि सकारात्मक कुरा गर्न कुनै मजा छैन । हामी कसैको १५ मिनेट भन्दा बढी प्रशंसा गर्न सक्दैनौ बरु हामी घण्टौँ अरुको कुरा काटेर बस्न सक्छौ । अधिकतम मानिसहरु नकारात्मक छन्, उनीहरुको दिमाग नकारात्मक छ, यो सबैभन्दा ठूलो समस्या हो । त्यसैले आलोचना समाजको अंग बन्छ, हामीले जे गरे पनि मानिसहरुले हामीलाई आलोचना गर्ने तरिका खोज्नेछन् । आज देखि एउटा प्रण गरौँ कि हामी कसैको बारेमा नकारात्मक कुरा गर्ने छैनौ र सधैँ सकारात्मक सोच्नेछौँ ।               

वाल्ट डिज्नीको कथा सकारात्मक सोचबाट सफलताको सबैभन्दा ठुलो उदाहरण हो । उनी सानैदेखि चित्रकलामा रुचि राख्थे र उनी कार्टूनिस्ट बन्न चाहन्थे तर उनीका गरीब बुवा उनीलाई कार्टूनिस्ट बनाउन चाहदैनथे किनभने उनीका बुवाले यस क्षेत्रमा पैसा कमाउने ठूलो अवसर देखेका थिएनन् । यही विषयमा दुवैजनाबीच झगडा हुने गरेको थियो । एक दिन उसले आफ्नो बुवासँग झगडा गरेर आफ्नो स्कूल र घर छोडे । वाल्टलाई आफ्नो क्षमतामा पूर्ण भरोसा थियो । उनी बाहेक अरु कसैलाई यस क्षेत्रमा नदेखिने यस्ता सफलताका सपना देख्दै थिए । एक दिन प्रकाशकलाई आफ्नो चित्र देखाउन गएपछि प्रकाशकले वाल्टमा कार्टूनिस्ट बन्ने क्षमता नभएको बताए । यदि डिज्नीको ठाउँमा अरु कोही भएको भए उसले छाड्ने थियो तर डिज्नीले प्रकाशकलाई तिमीले कला नबुझेको भन्दै निस्किए । डिज्नीले आफ्नो बारेमा सकारात्मक सोचे र हलिउडमा आफ्नो क्षमता देखाउने प्रयास गरे । २२ बर्षको उमेरमा उनी खल्तीमा ४० डलर बोकेर पहिलो पटक हलिउड जाँदै थिए तर उनमा सफलताको लागि कुनै शंका थिएन ।

कसैले उनलाई बाटोमा सोध्यो के गर्न जाँदै हुनुहुन्छ ? उनले जवाफ दिए हलिउडमा ठूला चलचित्र निर्देशन गर्न जाँदै छु । दिल्लीबाट मुम्बई जाँदा शाहरुख खानले पनि यहि भनेका थिए, त्यो एक दिन, म शहरमा शासन गर्नेछु । सकारात्मक सोच भनेको यही हो । प्रतिकूल परिस्थितिहरुमा, आफू र आफ्नो क्षमताहरुमा भरोसा राख्दै हाम्रो सपना र विश्वासहरुमा फोकस हुनुपर्छ र नकारात्मक टिप्पणीहरु वा नकारात्मक परिस्थितिहरुलाई बेवास्ता गर्नुपर्छ । जसरी वाल्ट डिज्नीले भनेका छन् हाम्रा सबै सपनाहरु साकार हुनसक्छन् यदि हामीसँग उनीहरुलाई पछ्याउने शाहस छ भने । त्यसैले हामी सकेसम्म नकारात्मक मानिसहरुबाट टाढा रहनुपर्दछ । 

यदि कुनै व्यक्ति दुर्गन्धित छ भने के हामी उसलाई अँगालो मार्नसक्छौँ ? सक्दैनौँ किनकी हामी पनि दुर्गन्धित हुन सक्छौँ । त्यस्तै नकारात्मकता पनि ठूलो समस्या हो । यदि हामीले नकारात्क व्यक्तिसँग समय वितायौँ भने यो रोगले हामीलाई सार्छ । सोचौँ, के हामी फोहोर पानी पिउन चाहन्छौँ ? चाहन्नौँ । के हामी फोहोर ठाउँमा बस्न चाहन्छौँ ? चाहन्नौँ । कुनै पनि मानिसले खराब चीज प्रयोग गर्न चाहँदैन । त्यसोभए नकारात्मक व्यक्तिले कसरी सफलता पाउने आशा गर्न सकिन्छ ।

घरमा जतिसुकै राम्रो मन्दिर बनाए पनि, मन्दिरको भित्तामा आफ्नो नाम कुँदाई लाखौँ रुपैयाँ दान गरे पनि, जे गरे पनि मन भित्रबाट फोहोर छ भने केही हुन सक्दैन, मन भित्रबाट सफा हुनुपर्छ । बाहिर राम्रो रुप देखेर केही हुँदैन । याद गरौँ कि सफल व्यक्तिहरुलाई केहि दिनको लागि सम्झना रहन्छ । हामीले एलोन मस्कलाई अर्को ५० वर्षसम्म सम्झन सक्छौँ होला त्यसपछि उनको बारेमा कोही बोल्दैनन् । किनकी उनको ठाउँमा अरु कोही आउनेछ । तर भित्रबाट सुन्दर हुने मान्छेलाई शताब्दीसम्म सम्झिरहन्छौँ । राम, कृष्ण, परमानन्द, विवेकानन्द यिनीहरुको विचार सकारात्मक थियो । उनीहरु सकारात्मक सोच्थे । राम्रो देखिनमो लागि फेयरनेस क्रिम लगाए जस्तै मनलाई राम्रो बनाउन सकारात्मक सोचको क्रिम लगाउनुपर्दछ । 

चाखलाग्दो कुरा के छ भने, हामीले सकारात्मक सोचको क्रिम दैनिक लगाउनुपर्छ । सोचौँ, मन सफा राख्यौँ भने मानसिकता सफा रहन्छ । हामीले हाम्रो लुगा सफा राख्न बाशिङ पाउडर प्रयोग गछौँ । हामी हाम्रो घर सफ गर्न महँगो भ्याकुम क्लिनर प्रयोग गछौँ । हामीले सफा पानीको लागि राम्रो वाटर प्युरिफायर प्रयोग गछौँ । यसको मतलब हामीले फोहोर सफा गर्न केहि गरिरहेकाछौँ । तर हामी आफ्नो दिमाग सफा गर्न दिनहुँ के गछौँ ? अधिकतम मानिस योग्य भए पनि सफल हुँदैनन् थाहा छ किन ? किनकी धेरै मानिसहरु सकारात्मक कुराहरु भन्दा नकारात्मक कुराहरुमा बढी केन्द्रित हुन्छन् ।

जसरी मानिसको अनुहारमा पिम्पल आउँदा उसको सम्पूर्ण ध्यान अनुहारको अन्य सुन्दर भागमा नभई त्यो पिम्पलमा केन्द्रित हुन्छ । यो पिम्पल सधैँ भरि रहदैन । यसमा ध्यान केन्द्रित गरेर आफ्नो ऊर्जा किन बर्बाद गर्ने । त्यस्तै, असफलता सधैँ भरि रहँदैन । यो स्थायी होइन । असफलतामा ध्यान नदिई के राम्रो भईरहेकोछ त्यसमा ध्यान केन्द्रित गर्नुपर्दछ । राम्रो सोचौँ, राम्रो गरौँ र हेरौँ हामीसँग राम्रा चीजहरु मात्र हुनेछन् । 

(लेखक पौडेल त्रिभुवन विश्व विद्यालयका विभिन्न क्याम्पसमा अध्यापन गराउदै आएका छन् । उनि सिद्धार्थ बैंकमा कार्यरत गर्छन् )

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया