कुमारी बैंकको ५ लाख १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2026 Nov 27 09:39
काठमाडौं, मंसिर ११ गते । कुमारी बैंकको ५ लाख १८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक समूहको ५ लाख १८ हजार ३९१ कित्ता शेयर बिक्रीमा राखेको हो ।
हाललाई उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । निवेदन बैंकको काठमाडौं टंगालस्थित प्रधान कार्यालय वा नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई समेत बिक्री खुला गरिने बैंकले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया