रामेछापका ६४ वडाका २२६ गाउँबस्तीमा ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सम्पन्न
- BFIS News
- 2026 Nov 28 19:45
काठमाडौं, मंसिर १२ गते । रामेछापका आठवटै स्थानीय तहका ६४ वडा र करिब २२६ गाउँबस्ती समेटिएको ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य तथा संघीय संसद्को अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीले विगत छ महिनादेखि सञ्चालन गर्दै आएको अभियानको पहिलो चरण पूरा गरेका हुन् ।
अभियानका क्रममा प्राप्त सुझाव तथा गुनासालाई संघीय संसद्मा उठाउँदै आएको पनि उनले बताएका छन् । जनताका समस्या र सरोकारका विषय सरकारका विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायमा लिखित र मौखिक रूपमा प्रस्तुत गर्नुका साथै संसदीय समितिमा समेत आवाज उठाउँदै आएको उनले उल्लेख गरेका छन् ।
रामेछापको विकास, समृद्धि र सुशासनसँगै समग्र देशको विकासका लागि आफू निरन्तर क्रियाशील रहेको बताउँदै उनले आगामी दिनमा पनि जनतामाझ रहेर उनीहरूका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनताको विश्वासप्रति आभार
अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रामेछापवासीप्रति बुढाथोकीले आभार व्यक्त गरेका छन् । आफूलाई संघीय संसद्मा निर्वाचित गराउन जनताले देखाएको माया, सद्भाव र विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै काम गरिरहेको उनले बताएका छन् ।
त्यसैगरी, अभियानमा सहयोग गर्ने केन्द्रीय तथा प्रदेश सदस्य, जिल्ला, पालिका र वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिएका छन् । स्वकीय सचिवहरू दिनेश सुवेदी, विपेश खत्री, राजकुमार खड्का र राजेन्द्र क्षेत्रीलगायत सहयोगी तथा सवारीसाधन उपलब्ध गराएर सहयोग गर्ने व्यक्तिहरूप्रति पनि उनले विशेष आभार व्यक्त गरेका छन् ।
पहिलो चरण सम्पन्न भए पनि जनतासँगको संवाद र सहकार्यलाई निरन्तरता दिने बुढाथोकीले बताएका छन् । जनताका सुखदुःखमा साथ दिने, उनीहरूको आवाज संसद्मा पुर्याउने तथा विकास र सुशासनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता उनले दोहोर्याएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)



.jpg)





प्रतिक्रिया