संविधानमा निःशुल्क स्वास्थ्य सेवाको अधिकार, तर १ प्रतिशतभन्दा कम सरकारी संस्थामा मात्रै सबै आधारभूत सेवा उपलब्ध
- BFIS News
- 2026 Nov 29 09:35
काठमाडौं, मङ्सिर १३ गते । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि सरकारी स्वास्थ्य संस्थाहरूमा यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार मूल्याङ्कन गरिएका सरकारी स्वास्थ्य संस्थामध्ये १ प्रतिशतभन्दा कममा मात्रै सबै ४१ प्रकारका आधारभूत स्वास्थ्य सेवा उपलब्ध छन्।
‘बेसिक हेल्थ सर्भिसेज इन नेपाल’ नामक प्रतिवेदनमा समावेश सन् २०२१ को स्वास्थ्य संस्था सर्वेक्षणअनुसार जम्मा ११ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै सबै ६ प्रकारका आधारभूत पूर्वाधार उपलब्ध छन्। स्थानीय तहका ९१ प्रतिशत स्वास्थ्य संस्थामा कम्तीमा एउटा आधारभूत सुविधाको अभाव रहेको छ।
प्रतिवेदनको अग्रपृष्ठमा समावेश मन्त्री निशा मेहताको सन्देशमा हरेक पालिकामा आधारभूत स्वास्थ्य सेवाको अधिकार व्यवहारमै लागू भइसकेको दाबी गरिएको छ। तर, प्रतिवेदनकै तथ्याङ्कले नागरिकको स्वास्थ्य सेवामा पहुँच अझै चुनौतीपूर्ण रहेको देखाएको छ।
अर्कोतर्फ, उक्त सर्वेक्षण सन् २०२१ मा गरिएको हो। अर्थात्, पाँच वर्ष पुरानो तथ्याङ्कका आधारमा सन् २०२६ को आधारभूत स्वास्थ्य सेवा प्याकेज तयार पारिँदै छ।
सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा भनिए पनि अधिकांश सरकारी स्वास्थ्य संस्थामा आवश्यक सेवा उपलब्ध गराउने क्षमता नरहेको तथ्याङ्कले देखाएको छ। त्यसमाथि गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले स्वास्थ्य संस्थाहरूमा क्षति पुर्याउनुका साथै थप उपचारका लागि बिरामीलाई अन्यत्र पठाउने रेफरल मार्गसमेत अवरुद्ध पारेको थियो। यसले स्वास्थ्य सेवाको पहुँचमा थप समस्या सिर्जना गरेको छ।
मन्त्रालयले स्वास्थ्य संस्थाको अवस्था मूल्याङ्कन गर्ने, दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा स्तरोन्नति गर्ने, टेलिमेडिसिन सेवा सञ्चालन गर्ने र एम्बुलेन्ससहितको रेफरल प्रणाली विकास गर्ने प्रस्ताव अघि सारेको छ। तर, यी योजना हालसम्म प्रस्तावकै चरणमा रहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)



.jpg)




प्रतिक्रिया