Nepal Life

निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश, शेयरधनीले पाए चार अर्ब बोनस शेयर

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Feb Thu 11:56
निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश, शेयरधनीले पाए चार अर्ब बोनस शेयर
Sanima Reliance

काठमाडौं। निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३६ वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा ३७ वर्ष अगाडी अर्थात २०४४ सालमा २ करोडको पूँजी लिएर स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीले आजको दिनमा चुक्ता पूँजी ५ अर्ब एक करोड पुर्याइसकेको छ ।

NIMB

कम्पनीले स्थापनाकालदेखि आजका दिनसम्ममा शेयरधनीलाई तीन अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरै बोनस शेयर प्रदान गरिसकेको छ । नेपालको जीवन बीमा क्षेत्रमा धेरै ठुलो योगदान पुर्याइसके नेशनल लाइफले ३७ औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा सम्पूर्ण सरोकारवाला एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै नियमनकारी निकायबाट प्राप्त सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त समेत गरेको छ । आगामी दिनहरुमा समेत अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने दृढ संकल्प गरेको छ ।

स्थापनाको आधा समय नगद लाभांस मात्रै वितरण गरेको कम्पनीले पछिल्लो आधा समयमा भने बोनस शेयरलाई बढि प्राथमिकता दिएको छ। यसै क्रममा कम्पनीले २ करोडको पुँजीलाई ५ अर्ब एक रुपैयाँ पुर्याइसकेको छ। अन्य बीमा कम्पनीहरु मर्जरमा गइरहदा नेशनल लाइफले भने एक्लै न्युनतम चुक्ता पूँजी जुटाउनुका साथै बजारमा सबैभन्दा बलियो प्रतिस्पर्धी बनेर उभिएको छ । कम्पनीले केहि वर्षदेखि जीवन बीमा उद्योगमै बीमितलाई सर्वाधिक धेरै बोनसदर उपलब्ध गराउदै आएको छ ।  

दुई पटक हकप्रद शेयर जारी गरेर शेयरधनी सँग एक अर्ब १२ करोड रुपैयाँ लिएको कम्पनीले शेयरधनीलाई आफैले आर्जन गरेको मुनाफाबाट तीन अर्ब ९७ करोड भन्दा धेरै बोनस शेयर वितरण गरेकाले शेयरधनी पनि खुसी छन् ।

कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा सर्वाधिक धेरै १२० प्रतिशत बोनस लाभांस दिएको थियो। त्यस भन्दा अगाडि २०५९/६० मा सतप्रतिशत नगद लाभांस दिएको थियो।

कम्पनीले पछिल्लो तीन वर्षमा मात्रै एक अर्ब ६१ करोड रुपैयाँ बोनस शेयर वितरण गरेको छ । यसरी बोनस शेयर दिएरै कम्पनीले प्राधिकरणको निर्देशन अनुरुप ५ अर्ब चुक्ता पूँजी जुटाउन सफल भएको हो । अन्य कम्पनीहरुले मर्जर तथा हकप्रदको बाटो रोज्नु पर्दा जीवन बीमा उद्योगमा आफ्नै विरासत बनाएको नेशनलले शेयरधनीलाई हरेक वर्ष खुसी पार्दै आइरहेको छ ।  

पछिल्लो १६ वर्षको अवधिमा बोनस शेयरलाई बढि प्राथमिकता दिएको कम्पनीले जीवन बीमा व्यवसायको दुई चक्र पुरा गरिसकेको छ। जीवन बीमा क्षेत्रमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान मात्रै रहेको अवस्थामा देशभित्र बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीले २०४४ साल फागुन १० गतेदेखि जीवन तथा निर्जीवन दुबै प्रकृतिको व्यवसाय सुरु गरेको थियो।

बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टा छुट्टै बीमा कम्पनी हुनु पर्ने व्यवस्था गरे पछि नेशनल लाइफले आफुलाई पुर्ण जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भयो। आफुले गर्दै आएको निर्जीवन बीमा व्यवसायको निरन्तरका लागि भने सहायक कम्पनीको रुपमा एनएलजी इन्स्योरेन्स कम्पनीको स्थापना गर्यो।

सुरुवाति दिनमा जीवन भन्दा निर्जीवन बीमा व्यवसायमा केन्द्रित नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सले एजेन्ट वेसमा काम गर्न सकेको थिएन। तर सरकारले जीवन र निर्जीवन बीमा कम्पनी छुट्टा छुट्टै हुनु पर्ने व्यवस्था गरे पछि भने कम्पनीहरुले अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्न थालेका हुन्। नेशनलले पनि पछिल्लो समय आफ्नो शाखा सञ्जाल र अभिकर्ताको सञ्जाल देशव्यापी बनाउदै लगेको छ। २०६३ अगाडि कम्पनीका कर्मचारीहरुले नै व्यवसाय ल्याउथे। यसले गर्दा जीवन बीमा व्यवसाय खासै बृद्धि हुन सकेको थिएनन्।

कम्पनीको स्थापना हुँदा नै नेशनल लाइफले १० प्रतिशत शेयर सहित विदेशी साझेदार भित्र्याएको थियो। उनिहरुको तर्फबाट एक जना सञ्चालन हुने व्यवस्था रहेको थियो। आजका दिनमा उक्त हिस्सा घटेर २.१५ प्रतिशतमा खुम्चिएको छ। राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत लगानी रहेको कम्पनीको नेपाली संस्थापकहरुको हिस्सा ५२.८२ प्रतिशत रहेको छ। कम्पनीले आर्थिक वर्ष २०४५ मा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो। सर्वसाधारणको शेयर हिस्सा ३५ प्रतिशत रहेको छ।

पछिल्लो समय स्थापना भएका अधिकाम्स कम्पनी बजारमा टिक्न नसकेर मर्जरको बाटो रोज्नु पर्यो । बजारमा नयाँ नयाँ कम्पनीहरु आउदा उल्टै आफ्नो बजार हिस्सा बढाएको नेशनलले नयाँ कम्पनी आउदा आफ्नो बजार थप विस्तार गरेको छ । अझ पछिल्ला दिनमा अन्य कम्पनीहरुले खासै नयाँ व्यवसाय भित्र्याउन नसक्दा नेशनलले भने आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । यस अवधिमा कम्पनीले आफुलाई परिपक्व र अनुभवी कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ।

कम्पनीले लाजिम्पाटमा आफ्नै भवनमा केन्द्रिय कार्यालय सञ्चालन गरिरहेको छ। ठमेलमा कम्पनीको आफ्नै साढे तीन रोपनी आफ्नै जग्गा छ। नेपालका प्रमुख सहरहरु पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्जमा जग्गा जोड्न सफल भएको छ। सम्पत्तीका हिसावले  कम्पनी सबैभन्दा धेरै सबल भैसकेको छ।  कम्पनीमा १५/२० वर्ष भन्दा लामो समयदेखि काम गरेका अनुभवी कर्मचारी छन्।

कम्पनीको व्यवसायदेखि लिएर सबै कुरा स्टेवल रहेको छ। आक्रामक रुपमा आफुलाई अगाडि बढाउने भन्दा पनि स्थायी रुपमा आफुलाई सधै टिकाइ राख्ने कम्पनीको रणनीति रहेको छ। कम्पनीको जीवन बीमा कोष ७१ अर्ब ४४ करोड भन्दा माथिको छ। पछिल्ला चार वर्षमै कम्पनीले यस्तो जीवन बीमा कोष दोब्बरले सुधार गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया