Nepal Life

जीवन बीमा व्यवसाय ४ % ले बढ्यो ८६ अर्ब ८८ करोड नाघ्यो, कुन बीमा कम्पनीको कति (बजार हिस्सा सहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 19:23
जीवन बीमा व्यवसाय ४ % ले बढ्यो ८६ अर्ब ८८ करोड नाघ्यो, कुन बीमा कम्पनीको कति (बजार हिस्सा सहित)
Sanima Reliance

काठमाडौं । जीवन बीमा व्यवसाय ४ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ८६ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेका छन् ।

NIMB

समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै नविकरण बीमा शुल्क भने ७० अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जीवन बीमा व्यवसायमा नविकरणको हिस्सा ८१.४६ प्रतिशत रहेको छ भने प्रथम बीमा शुल्कको हिस्सा जम्मा १८.५४ प्रतिशत पुगेको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले सर्वाधिक धेरै २३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जसमा नविकरण १९ अर्ब ५२ करोड छ भने प्रथम ३ अर्ब ६७ करोड रहेको छ । कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफको सर्वाधिक धेरै २६.७१ प्रतिशत बजार हिस्सा छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १० अर्ब १४ करोड छ । कम्पनीको कुल बीमा शुल्कमा बजार हिस्सा ११.६८ प्रतिशत छ । तेस्रो धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेशनल लाइफ छ । नेशनल लाइफले १० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण ७ अर्ब ६९ करोड रहेको छ भने प्रथम २ अर्ब ३५ करोड छ । प्रथम तर्फ नेशनल दोस्रो स्थानमा रहेको छ । कुल बीमा शुल्क आर्जनमा कम्पनीको बजार हिस्सा ११.५७ प्रतिशत छ ।

चौथो स्थानमा हिमालयन लाइफको ९ अर्ब ९१ करोड रहेको छ । कम्पनीको पनि बजार हिस्सा ११.४१ प्रतिशत छ । सूर्यज्योति लाइफले ५ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै पाँचौ स्थानमा छ । कम्पनीको बजार हिस्सा ५.७९ प्रतिशत छ । एशियनको ४ अर्ब ४३ करोड, सानिमा रिलायन्सको ३ अर्ब ३८ करोड, सिटिजनको ३ अर्ब २६ करोड, मेट लाइफको ३ अर्ब १४ करोड, आइएमई लाइफको २ अर्ब ५० करोड छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया