Nepal Life

राष्ट्रिय बाणिज्य बैंकको सञ्चालकमा नारायण प्रसाद रिसाल र रामप्रसाद ज्ञवाली नियुक्त, शपथ ग्रहण सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 12:22
राष्ट्रिय बाणिज्य बैंकको सञ्चालकमा नारायण प्रसाद रिसाल र रामप्रसाद ज्ञवाली नियुक्त, शपथ ग्रहण सम्पन्न
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

NIMB

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका छन् । शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया