Nepal Life

सन नेपाल लाइफको बम्पर लाभांश घोषणा, २३.८० प्रतिशत बोनस शेयर पछि २७ प्रतिशत हकप्रद शेयर

National Life
  • BFIS News
  • 2024 Feb Sun 13:39
सन नेपाल लाइफको बम्पर लाभांश घोषणा, २३.८० प्रतिशत बोनस शेयर पछि २७ प्रतिशत हकप्रद शेयर
RBB

काठमाडौं । प्रिमियममा आइपिओ निष्काशन गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले २३.८० प्रतिशत बोनस शेयर पछि २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । 

NIMB

कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

 कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणले हकप्रद स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न पाउने छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । 

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड छ । २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ । यस पूँजीको पनि २७ प्रतिशत हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी ५ अर्ब नाघ्नेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया