Nepal Life

ऋण लिए पछि मिनाहा हुन्छ भनेर भ्रम फिजाउनु राम्रो होइन : डा. बुद्धि मल्ल

Global Ime detail Page
  • डा. बुद्धि मल्ल
  • 2024 Feb Sun 17:05
ऋण लिए पछि मिनाहा हुन्छ भनेर भ्रम फिजाउनु राम्रो होइन : डा. बुद्धि मल्ल
Sanima Reliance

काठमाडौं । साना कर्जा मिनाहा सम्बन्धमा मैले चिनेका केहि ब्यक्तिहरुको जिज्ञासा रहेकोले यसबारे लेख्न मन लाग्यो ।

 

NIMB

अहिले कर्जा मिनाहा गर्नको लागि न त सरकारले बजेट दिन सक्छ न त अहिलेको बैंक तथा बित्तिय संस्थाहरुले ठुलो मुनाफा गर्न सकेको अवस्था छ ।

सरकारले साना ऋणीहरुको सुविधाको लागि ब्याजमा सहुलियत प्रदान गर्न सहुलियतपूर्ण कर्जा ल्याएकोमा सोको सहुलियत वापत प्रदान गर्नुपर्ने रकम त प्रदान गर्न नसकिरहेको अवस्थामा ऋण नै मिनाहा भन्ने कुरा सान्दर्भिक होईन भने ऋण लिएपछि तिर्नुपर्छ भन्ने भावनाको विकास गर्न र अर्थतन्त्रलाई स्थिर बनाउनको लागि पनि मिनाहा हुन्छ भनेर भ्रम फिंजाउनु र माग राख्नु राम्रो होईन ।

अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरेर कोरोनापछि तथा अन्य बिभिन्न समयमा नेपाल राष्ट्र बैंकले ऋणीहको हितमा बिभिन्न निर्देशनहरु मार्फत ब्याज तथा हर्जना छुटहरु तथा कर्जा पुर्नतालिकिकरण गरेर सुविधा दिईराखेकै हो । बैंकहरुले लगानी गर्ने ऋणको श्रोत जनताहरुकै निक्षेप भएकोले पनि यो कुरा निक्षेपकर्ताहरुको हक हितमा छैन ।  

(डा. बुद्धि मल्ल बैंकर हुन् । प्रस्तुत प्रतिक्रिया उनैको सामाजिक सञ्जाल मार्फत लिइएको हो)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया