Nepal Life

आर्थिक मन्दीको प्रभाव निर्जीवन बीमा व्यवसायमा, माघ महिनासम्ममा २२ अर्ब ४६ करोड बीमा शुल्क आर्जन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 15:09
आर्थिक मन्दीको प्रभाव निर्जीवन बीमा व्यवसायमा, माघ महिनासम्ममा २२ अर्ब ४६ करोड बीमा शुल्क आर्जन
Sanima Reliance

काठमाडौं । आर्थिक मन्दीको प्रभाव निर्जीवन बीमा व्यवसायमा देखिएको छ । चालु आर्थिक वर्षको माघ महिनामा गत वर्षको यहि अवधिको तुलनामा २.६७ प्रतिशतले व्यवसाय घटेको छ ।

NIMB

 

माघ महिनासम्ममा कम्पनीहरुले २२ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा २३ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी यस वर्ष तीन वटा लघु निर्जीवन बीमा कम्पनी थपिएका छन् । तीन कम्पनीले माघ महिनासम्ममा ७ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गएको यहि अवधिमा १८ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जर पश्चात संख्या घटेर १४ वटामा सिमित भएको छ ।

आर्थिक मन्दीका कारण मर्जर पछि पनि कम्पनीहरुले व्यवसाय सुधार गर्न सकेका छैनन् । समिक्षा अवधिमा सर्वाधिक धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनीले २ अर्ब ६७ करोड, सिद्धार्थ प्रिमियरले २ अर्ब २६ करोड, आइजिआइ प्रुडेन्सियलले एक अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

अर्थतन्त्रमा सुधार नआउदा निर्जीवन बीमा कम्पनीहरुलाई व्यवसाय बढाउन धेरै गाह्रो भएको छ । भइरहेको व्यवसायमा सुधार गर्न पनि कम्पनीलाई निकै गाह्रो परेको देखिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया