Nepal Life

शिखर इन्स्योरेन्स मर्जर नगरी सर्वाधिक बजार हिस्सा कायम राख्न सफल, संकटलाई अवसरमा परिणत गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 16:21
शिखर इन्स्योरेन्स मर्जर नगरी सर्वाधिक बजार हिस्सा कायम राख्न सफल, संकटलाई अवसरमा परिणत गर्दै
Sanima Reliance

काठमाडौं । आर्थिक मन्दी र मर्जर पछि ठुला भएका कम्पनीहरु सँगको चर्को प्रतिस्पर्धामा पनि शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै व्यवसाय गर्न सफल भएको छ । मर्जर पछि शक्तिशाली बनेका अन्य कम्पनीहरुलाई पछाडी पार्दै शिखरले माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक धेरै व्यवसाय गरेको छ ।

NIMB

साविकका प्रतिस्पर्धी कम्पनीहरु विचमा मर्जर हुँदा पनि शिखरले आफ्नो बजार हिस्सा र स्थान कायमै राखेको छ । यस अवधिमा कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरेको छ । आर्थिक मन्दीका कारण समग्र निर्जीवन बीमा व्यवसाय २.६७ प्रतिशतले घटेको छ । एकातिर बजार खस्किरहेको छ भने अर्को तर्फ बलिया कम्पनीहरु मर्जर भएर शक्तिशाली बनिरहेका छन् । केहि कम्पनीहरु मर्जर पछिको समस्याबाट गुज्रिदै गर्दा शिखरले पनि आफ्नो सम्पुर्ण स्रोत साधनलाई बजार विस्तारमा प्रयोग गरेको छ ।

शिखरले हवाइदेखि लिएर ग्रामिण क्षेत्रमा समेत बजार विस्तार गरिरहेको छ । निर्जीवन बीमा व्यवसायको मेरुदण्डको रुपमा रहेको मोटर बीमाको बजार खस्किदै गर्दा कम्पनीले आफुलाई अन्य क्षेत्रमा पनि विस्तार गरी मोटर बीमाको परिपुर्ती गराएको छ । अर्को तर्फ बैंक वित्तीय संस्थाको घर कर्जामा आएको गिरावटको असर बीमा कम्पनीमा पनि परिरहेको छ । सरकारले पूँजीगत खर्च बढाउन नसक्दा ठेक्का तथा इन्जिनियरिङ बीमाको बजार पनि उत्साहजनक छैन । यसले गर्दा बीमा कम्पनीहरुलाई बजार बढाउन धौ धौ परिरहेको छ ।

विद्यमान बीमितहरुले बीमाङ्क घटाइरहेका छन् भने अर्को तर्फ नयाँ बीमा पोलिसी बढाउन सक्ने अवस्था छैन । यि सबै चुनौतीलाई चिर्दै शिखरले माघ महिनासम्ममा सर्वाधिक धेरै २ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै माघ एक महिनामा मात्रै भने ४४ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । माघमा मात्रै २८ हजार १९० वटा पोलिसी जारी गरेको छ । कम्पनीको बजार हिस्सा १२.८९ प्रतिशत छ ।

माघ महिनासम्मको निर्जीवन बीमा व्यवसाय  

माघ महिनासम्ममा कम्पनीहरुले २२ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा २३ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी यस वर्ष तीन वटा लघु निर्जीवन बीमा कम्पनी थपिएका छन् । तीन कम्पनीले माघ महिनासम्ममा ७ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गएको यहि अवधिमा १८ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जर पश्चात संख्या घटेर १४ वटामा सिमित भएको छ ।

आर्थिक मन्दीका कारण मर्जर पछि पनि कम्पनीहरुले व्यवसाय सुधार गर्न सकेका छैनन् । समिक्षा अवधिमा सर्वाधिक धेरै शिखर पछि दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनीले २ अर्ब ६७ करोड, सिद्धार्थ प्रिमियरले २ अर्ब २६ करोड, आइजिआइ प्रुडेन्सियलले एक अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया