Nepal Life

प्रभु बैंकका डेपुटी सिइओसहित १० जना पक्राउ परेपछि बैंकर्स संघले बोलायो आकस्मिक बैठक

NMB Bank
  • BFIS News
  • 2024 Feb 28 10:25
प्रभु बैंकका डेपुटी सिइओसहित १० जना पक्राउ परेपछि बैंकर्स संघले बोलायो आकस्मिक बैठक
National Life

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिले प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेपछि बैंकर्स संघले आकस्किम बैठक बोलाएको छ।

Shikhar
NIMB

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा १० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत प्रहरी हिरासतमा छन्। 

तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईको कम्पनीहरुलाई २ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरिएको थियो। देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं हाल पुर्पक्षको लागि थुनामा छन्। सहकारीको रकम अपचलन गरेको कसुरमा उनी थुनामा रहेका हुन्।

उनी आबद्ध कम्पनीहरू पुजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पुजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिष्टिलरी प्रालिलाई कर्जा प्रवाह गर्दा धितो स्‍वरूप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको पाइएको हो।

सिआइबीका अनुसार धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ थियो। तर कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ प्रवाह भएको अनुसन्धानमा देखिए छ।

आज संघले सबै बैंकरलाई आकस्मिक बैठकमा बोलाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया