NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनीद्धारा खोटाङमा बीमा सम्बन्धी सचेतना गोष्ठ सम्पन्न

National Life
  • BFIS News
  • 2024 Feb 29 18:58
सगरमाथा लुम्बिनीद्धारा खोटाङमा बीमा सम्बन्धी सचेतना गोष्ठ सम्पन्न
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी 'सलिको' इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लामा कृषि तथा पशुपञ्छी बीमा सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि फागुन १४ गदेखि १६ गतेसम्म विभिन्न स्थानमा बीमा सम्बन्धी सचेतना गोष्ठी आयोजना गरेको हो । 

Shikhar
NIMB

कम्पनीको गाईघाट शाखाका कर्मचारीहरु नन्दन कुमार चौधरी र चन्दन मल्ल ठकुरीहरुको उपस्थीतिमा बराह पोखरी गाउपालिका र बाघखोर भञ्याङग गाउपालिकामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि गाउपालिकाका अध्यक्ष शालिकराम बन्जरा थिए भने विशेष अतिथीहरुमा उपाध्यक्ष भुवलराज राई तथा प्रमुख प्रशासकिय अधिकृत दिल कूमार अधिकारीको उपस्थिति थियो ।  

अतिथिहरुमा वडा नंं १ का वडा अध्यक्ष ढक बहादुर कार्की वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर मगर, वडा नं.३ का वडा अध्यक्ष तारा कुमार राई, वडा नंं.४ का वडा अध्यक्ष शन्तोष आर्चाय वडा नं.५ का वडा अध्यक्ष फौदराज राई साथै वडा नं.६ का वडा अध्यक्ष दुर्गा बहादुर राई थिए । गाउपालिकाका पशू शाखा प्रमुख आशिस बन्जरा लगाएत गाउपालिका कृषि शाखाका प्रमुख स्कन्द घिमिरे तथा अन्य पशु कृषि प्रबिधिक वडा सदस्यहरु कृषक, कृषि र्फम सञ्चालक सोही गाउका कृषक व्यवसायी तथा अन्य व्यक्तित्वहरु जन प्रतिनिधिको उपस्थितिमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै जिल्ला खोटाङग बराह पोखरी गा.पा. बाघखोर भञ्ज्याङगमा पनि कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी गोष्टि कार्यक्रममा १ नं. वडा देखि ६ नं. वडा सम्मको ३६ जना कृषक हरु सहभागी भएको यस पशु तथा कृषि बीमा सचेतना गोष्टि कार्यक्रममा कृषकहरुलाई पशु तथा कृषि बीमा को परिभाषा,महत्व,दावी प्रक्रिया गर्ने ,लगायत दावी गर्दा आवश्यक कागजात को बिषयमा जानकारी दिइएको थियो ।  

कार्यक्रममा उपस्थित कृषकहरुले पशु तथा सुन्तला खेती, मकै खेती आदीको बीमा गर्न इच्छुक भई बीमा गर्न प्रेरित भएर बीमा गर्न समय निकाली त्यहाका प्राविधिक कर्मचारीलाई बोलाएर बीमा गर्ने भनी सहमती जनाएका थिए । अगामी दिनमा यस पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रमले कृषकहरु तथा जनप्रतिनिधीहरुलाई बीमा सम्वन्धि सचेतना तथा अभिमूखिकरण कार्यक्रमले   उत्साहित थपेको सबै पक्षलाइ भान भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार