Nepal Life

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 21:32
सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' नामक घर कर्जा योजना सार्वजनिक गरेको छ ।

NIMB

बैंकले 'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको हो । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुने जनाएको छ । कर्जा रकमको ०.५०% व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया