Nepal Life

हिमालयन रिका रामामुर्थीले जादा जादै लगेका थिए ५ करोड ३३ लाख तलब भत्ता !

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 10:21
हिमालयन रिका रामामुर्थीले जादा जादै लगेका थिए ५ करोड ३३ लाख तलब भत्ता !
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृतलाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता लगायतको सुविधा प्रदान गरेको छ । यस अवधिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी । रामामुर्थी २०८० असोजमा बाहिरिएका थिए । उनि बाहिरिए सँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उपासना पौडेलले सम्हालदै आएकी छिन् ।

NIMB

उक्त तलब भत्ता उपसनाको नाममा एक रुपैयाँ पनि गएको छैन । उपासनाले २०८० असोज १४ गतेदेखि मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुन् ।

अवकास हुँदै गर्दा उनले कर्मचारी बोनस तथा नियम अनुसार विभिन्न अलाउन्सेस समेत गरेर उक्त रकम प्राप्त गरेका हुन् । यसले गर्दा गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतलाई भुक्तानी गरिएको रकम धेरै देखिएको हो ।

कम्पनीले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सिइओलाई २ करोड ८७ लाख ३५ हजार रुपैयाँ सेवा सुविधा उपलब्ध गराएको थियो । तर गत आर्थिक वर्षमा भने वार्षिक तलब भत्ता मात्रै ३ करोड २२ लाख रुपैयाँ उपलब्ध गराइएको छ । त्यस्तै नियम अनुसारको कर्मचारी बोनस रकम एक करोड २९ लाख रुपैयाँ दिइएको छ । हिमालयन रिइन्स्योरेन्समा कर्मचारी संख्या एकदमै न्युन हुने भएकाले मुनाफाबाट प्राप्त हुने बोनस रकम पनि आकर्षक रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया