Nepal Life

'हिमालयन रि' को साधारणसभा आज, लाभांश वितरण र हकप्रद सेयर जारी प्रस्ताव पारित हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 08:19
'हिमालयन रि' को साधारणसभा आज, लाभांश वितरण र हकप्रद सेयर जारी प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । हिमालयन रिको तेस्रो साधारण सभा आज बस्दै छ। राष्ट्रियसभागृहमा आज बिहान ११ बजे सभा बस्न लागेको हो।

NIMB

सभाले संचालक समितिले घोषणा गरेको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०:८ (८० प्रतिशत ) अर्थात १० बराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने कार्यक्रम रहेको छ। वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको थियो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया