Nepal Life

सूर्योदय वोमी लघुबित्तको हरिवन शाखाले दियो महिलालाई उद्यमी बनाउन ब्यावसायिक पशुपालन तालिम

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 11:00
सूर्योदय वोमी लघुबित्तको हरिवन शाखाले दियो महिलालाई उद्यमी बनाउन ब्यावसायिक पशुपालन तालिम
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. हरिवन शाखाले समूहका महिला तथा अभिभावकका लागि ब्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ५० जना सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो ।

NIMB

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को मधेस प्रदेश अन्तर्गत सर्लाही जिल्ला हरिवन नगरपालिका वडा न ११ मा रहेको शाखाको आयोजनामा १ दिने ब्यावसायिक पशुपालन तालिम सम्पन भएको छ ।

हरिहरपुरगढी नगरपालिका वडा नम्बर ७ को क्वार्टरमा रहेको स्वास्थ्यको सभा हलमा सूरु भएको कार्यक्रमको हरिहरपुरगढी ७ को प्रहरी प्रमुख कुमार गिरीले उद्घाटन गर्नु भएको थियो भने शाखा प्रबन्धक टिका कुमारी कार्कीले स्वागत मन्तव्य दिनुभएको थियो र पशुपालन प्रशिक्षक राजेश कुमार मैनाली र सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि. का जोखिम तथा असुली बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल र अनुगमन स्टेशन कार्यालय चन्द्रनिगाहापुर अनुगमन प्रमुख अधिकृत छविलाल शिवाकोटीले तालिमको आवश्यकता, यसबाट लिन सकिने फाईदा बारेमा प्रष्ट पारेका थिए ।

संस्थाका शाखा प्रबन्धक टिका कुमारी कार्कीकाे अनुसार हरिहरपुरगढी नगरपालिका वडा नं. ७ को स्वास्थ्यको सभा हलमा भएको तालिममा ५० जना भन्दा बढी महिला तथा पुरुष को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक कार्किले बताए ।

तालिममा हरिहरपुरगढी नगरपालिका कि केन्द्र न २३२ केन्द्र प्रमुख नानी माया थापाले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत ‍मान प्रसाद फुयालले अहिले देशमा अराजक समुहहरु बढेको र ति समुहहरुले देशको अर्थतन्त्रलाई धमिल्याएको बताए र यसै संस्थाका अनुगमन अधिकृत छविलाल शिवाकोटीले वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएका थिए ।

संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।

यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् । यस संस्थाबाट कर्जा लि. ब्यावसय गरि कर्जाको सही सदुपयोग गरेको सदस्यहरु नानी माया थापालाई खादा, मायाको चिनोसहित सम्मान गरियो कार्यक्रमको संचालन यसै संस्थाका शाखा कर्मचारी जिवन कुमार यादवले गरेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया