कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा नदिने, प्रधानमन्त्रीले गठबन्धन तोडेको देउवाको गुनासो
- BFIS News
- 2024 Mar Mon 12:06

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेशको ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको सुनाएका छन् ।
उक्त बैठकमा पार्टीका मन्त्रीहरूले आफैँ राजीनामा नदिने निचोड निकालिएको छ । प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन् । आजै एमाले-माओवादी-रास्वपालगायतको नयाँ सत्ता समीकरण बन्ने पक्कापक्की भइसकेको छ । जनमत, जसपा र नाउपा संवादमा छन् ।
गठबन्धन भत्किएसँगै उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङ गाडीको झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् । बैठकपछि रमेश लेखकले भने, ‘अब हामी प्रतिपक्षमा रमाउँछौं । नयाँ रणनीति पनि केही छैन ।’
प्रतिक्रिया