Nepal Life

नेपाल माइक्रोइन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न, लतिका गोल्याण सहित ४ सञ्चालक निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 17:00
नेपाल माइक्रोइन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न, लतिका गोल्याण सहित ४ सञ्चालक निर्वाचित
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय चिनवनको भरतपुरमा सम्पन्न भएको साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

 

NIMB

सभाले वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा, नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न प्रियक एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । प्रथम वार्षिक साभारणसभाले अध्यमा आशिष श्रेष्ठ सहित सदश्यहरुमा प्रविना दाहाल, लतिका गोल्याण र सिद्धान्त झुनझुनवाललाई आगामी ४ वर्षको लागि सर्वसम्मत निर्वाचित गरेको छ । त्यसै गरी स्वतन्त्र सञ्चालकमा बद्रि सिग्देललाई नियुक्त गरेको छ ।

आज सम्पन्न भएको सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपिओ’ जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै प्राथमिक शेयर निष्काशनका क्रममा आवश्यक पर्ने प्रकृयाँ अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया