Nepal Life

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड्सले जित्यो टी-२० सिरिजको उपाधि

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 15:17
नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्ड्सले जित्यो टी-२० सिरिजको उपाधि
Sanima Reliance

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ। फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो।

NIMB

टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर १९ ओभर ३ बलमा पूरा गरेको हो।

नेदरल्याण्ड्सले सुरुवात उत्कृष्ट गरेको हो। पहिलो विकेटका लागि ओपनर द्वय माइकल लेभिट र म्याक्स ओ’डाउडले ८३ रनको साझेदारी गरेका थिए। लेभिटले ५४ रन बनाए। म्याक्सले २२ रन बनाउँदा एंगलब्रेटले ४८ रन बनाए। विक्रमजितले २९ रन बनाउँदा टिम गगटेनले ५ बलमा अविजित २१ रन बनाए। नेपालका कुशल मल्लले ३ ओभरमा ३३ रन खर्चिँदै ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। गुलशन झाले ३४ रन बनाउँदा कुशल मल्लले २६ रन जोडे। रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए। नेदरल्याण्ड्सका क्लासेन, गग्टेन, लेभिट र एंगलब्रेटले समान २/२ विकेट लिए।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया