Nepal Life

सूर्यज्योति लाईफद्वारा मृत्यु दाबी भुक्तानी, बीमितको मृत्यु लाभ सँगै छोरीलाई मासिक १० हजारको आर्थिक सुरक्षण

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 05:31
सूर्यज्योति लाईफद्वारा मृत्यु दाबी भुक्तानी, बीमितको मृत्यु लाभ सँगै छोरीलाई मासिक १० हजारको आर्थिक सुरक्षण
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लमही शाखाले सडक दुर्घटनाबाट मृत्यु भएका बिमित सुनिल चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

NIMB

कम्पनीले चौधरीको मृत्यु लाभ बापत १५ लाख ५० हजार र आफु संरक्षक भइ गराएको छोरीको बीमा पोलिसीको पनि आर्थिक सुरक्षण प्रदान गरेको छ ।

बिमित चौधरीले गएको असोज ११ गते १० लाख बीमाङ्कको १८ वर्ष अवधिको सूर्ज्यज्योति सुरक्षा कवच (म्यादी) जीवन बीमा गरेका थिए ।  सोहि दिन उनले आफ्नी छोरी श्रेया चौधरीको पनि १८ वर्ष अवधिको सुनौलो भविष्य वाल जीवन बीमालेख खरिद गरिदिएका थिए ।

यसरी आफ्नो म्यादी जीवन बीमा गराउदा चौधरीको परिवारले १५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी प्राप्त गरेका छन् । स्व. बिमित चौधरीको श्रीमति बिना चौधरीलाई १० लाख बीमाङ्क रकम, दुर्घटना मृत्यु बापत ५ लाख र किरिया खर्च बापत ५० हजार उपलब्ध गराएको हो ।

बीमित चौरीधले छोरीको बीमा गराउने क्रममा आफ्नो पनि म्यादी जीवन बीमा गराएका थिए । आफै संरक्षक बसेर बीमा गराएका कारण छोरीलाई पनि कम्पनी मासिक सुविधा अन्तर्गत रु.१०,०००/- का दरले १७ बर्ष सम्म सुबिधा उपलब्ध गराउने भएको छ ।

यसका साथै उनले अव किस्ता रकम बुझाउनु पर्ने छैन । बीमित श्रेयाले समय अवधी पछी  १० लाख रुपैयाँ र बोनस रकम प्राप्त गर्ने छिन् । बिना चौधरीले स्व.सुनिल चौधरीको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलो राहत पुगेको महसुस गर्दै जीवन बीमा अनिवार्य गराउनु पर्ने बताएकी छिन् ।

यसरी चौधरीले चलाखी पुर्ण ढङ्गले बीमा गराउदा उनको परिवारले राम्रो आर्थिक सुरक्षण प्राप्त गरेको छ । थोरै बीमा शुल्कबाट आफ्नो म्यादी जीवन बीमा गराउदा परिवारले १५ लाख ५० हजार रुपैयाँ दाबी रकम प्राप्त गरेको छ । साथै छोरीको बीमा शुल्क पनि अव परिवारले भुक्तानी गर्नु पर्ने छैन । साथै छोरीले मासिक १० हजारका दरले प्राप्त गर्ने भएकाले बुबाको अभावमा छोरीको लालन पालन र पढाइमा ठुलो मद्दत पुग्नेछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया